नेवि संघको तदर्थसमिति कुन्दन काफ्ले समूहको दाबी

    नेवि संघको तदर्थसमिति कुन्दन काफ्ले समूहको दाबी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा पूर्व महामन्त्री कृष्ण सिटौला निकट समूहले नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । सिटौला निकट निवर्तमान महामन्त्री कुन्दन काफ्लेले ११ औँ महाधिवेशनमा सबैभन्दा वढी मत आफूले ल्याएको भन्दै नेतृत्व दाबी गरेका हुन् । ‘

११ औं अधिबेशनमा सबैभन्दा धेरै मत ल्याउने म नै हुँ’काफ्लेले सोमबार पत्रकार सम्मेलनमा भने,‘त्यसैले तदर्थ समितिको नेतृत्व हामीले पाउनुपर्छ। त्यही अनुसार उपस्थिति गराइनुपर्छ।’

अन्यायविरुद्धमा हुने हरेक आन्दोलनमा आफूहरूकै सहभागिता भएकाले तदर्थ समितिमा नेतृत्व हुनुपर्ने विद्यार्थी नेता डिल्लीराम सुवेदीको पनि दाबी छ। उनले पार्टी नेतृत्वलाई कुन्दनराज काफ्ले मन नपरेकै आधारमा नेविसंघ विघटन गरेको समेत आरोप लगाए । ‘कुन्दन काफ्लेलाई मन नपर्दा नेतृत्वले ३२ वर्षे उमेर हद लगाउने । अनि नेवसंघ नै विघटन गर्ने ?’ उनले भने ।

पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले तदर्थ समिति ३२ वर्षमुनिकै हुनुपर्ने बताए ।‘ विधानविपरीत तदर्थ समिति ल्याउन चलखेल भइरहेको छ। विधान नंग्याउने कोसिस पार्टी नेतृत्वबाट भइरहेको छ’, उनले भने, ‘हामी विधानको संरक्षक हौँ। त्यसका लागि जुनसुकै कदम चाल्न तयार छौँ।’ अब बन्ने तदर्थ समितिको कार्यकाल छ महिनाको मात्र हुनुपर्ने उनले बताए। उनले भने, ‘तदर्थ समितिले छ महिनामा महाधिवेशन गर्न नसके त्यसको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ।’

कृपा र तथास्तु पाएर बनेको समितिले केही गर्न नसक्ने उनको दाबी थियो। २१ जिल्लामा अधिवेशन सकिएको र महाधिवेशन नजिक भएका कारण पार्टीले नेविसंघ विघटन गरेको उनको आरोप छ।   

 

 

प्रतिकृया दिनुहोस

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला