एकीकरण अन्तिम चरणमाःप्रचण्ड

    एकीकरण अन्तिम चरणमाःप्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण अन्तिम चरणमा पुगेको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली’ सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,‘पार्टी एकता काम केहीदिनमै सकिन्छ,त्यसपछि पार्टी राष्ट्रव्यापी अभियानमा जुटछ ।’

नेकपा एमालेसँग एकीकरण भएपछि पहिलो पटक आयोजित जनयुद्ध दिवसमा उनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकतापछि पार्टीमा थप ऊर्जा प्राप्त भएको दाबी गरे । ‘कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो’, उनले भने, ‘अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।’

तर जनयुद्ध दिवसमा पूर्व एमाले नेताहरूको भने उल्लेख्य उपस्थिति थिएन । एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उप नेता सुवास नेम्वाङ,केन्द्रीय सदइस भीम रावल लगायत दोस्रो तहका नेतामात्र उपस्थित थिए । प्रधानमन्त्री केपी ओली,पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल कार्यक्रममा उपस्थित थिएनन् ।  

कार्यक्रममा अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गरे । ‘हामीले ठूला ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौँ’, उनले भने, ‘अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।’ उनले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताए ।

मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उनले भने, ‘यही बाटोमात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।’ उनले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षडयन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताए । उनले प्रतिक्रियावादीको उस्काहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनुपर्ने बताए ।

‘प्रतिक्रियावादीले यो कम्युनिष्ट पार्टी राम्रौसँग अगाडि नबढोस् र यो विभाजित होस् कम्युनिष्टको प्रभाव घटोस् यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्’, उनले भने, ‘जताततै कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले आएकाले ध्वस्त पार्न सम्भव देखेका छैनन् ।’

कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले शहीदको सपना पूरा गर्न समाजवाद ल्याउने बताए ।

 

प्रतिकृया दिनुहोस

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

 कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट,

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला