भेनेजुयला प्रकरणमा प्रचण्डकै विज्ञप्ति आधिकारिक:नेकपा

  भेनेजुयला प्रकरणमा प्रचण्डकै विज्ञप्ति आधिकारिक:नेकपा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले भेनेजुयलाको राजनीतिक घटनाक्रमबारे सरकार र पार्टी अध्यक्ष प्रचण्डको भनाइ फरक नभएको भन्दै प्रचण्डको विज्ञप्तिको बचाउ गरेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेस र कतिपय टिप्पणीकर्ताहरूले नेपालको कुटनीतिक मर्यादाविपरित नेपाल सरकार र पार्टीको भनाइ आएकोमा आलोचना गर्दै आएका थिए । प्रचण्डको विज्ञप्तिले अमेरिकासँगको सम्बन्ध चिसिएको आरोप लागेका बेला नेकपा  बैठकले सरकार र पार्टीको धारणा एउटै भएको निचोड निकालेको हो ।

पार्टी प्रवक्ता  नारायणकाजी श्रेष्ठले भ्रम र गलत प्रचार नगरियोस भनेर पार्टीको दृष्टिकोण प्रष्ट पारेको बताएका छन् । उनले भने–‘हाम्रो पार्टीको विदेश नीति र अन्तराष्ट्रिय सम्वन्धमा कुनै अन्यौलता छैन । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले पार्टी एकीकरणको बाँकी काम पुरा गर्न गठित कार्यदललाई  प्रतिवेदन छिटो बुझाउन पनि निर्देशन  दिएको छ ।

 

प्रतिकृया दिनुहोस

     कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण

नेकपाका ७७ ओटै जिल्ला अध्यक्ष र सचिव

नेवि संघको तदर्थ कमिटी छिट्टै गठन

  मालपोत कार्यालयले खरिदबिक्री गर्न

२०/२५ जना जिल्ला सभापतिको विशेष अधिवेशन

हावाहुरी प्रभावित क्षेत्रमा पुगे

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला