कांग्रेसले आन्दोलन रोक्दैनःप्रवक्ता शर्मा

        कांग्रेसले आन्दोलन रोक्दैनःप्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले सरकार विरुद्ध आन्दोलन नरोक्ने बताएको छ ।

बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन मार्फत पार्टीले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम नरोक्ने बरु आन्दोलन प्रभावकारी बनाउने चेतावनी दिएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम नरोकिने प्रवक्ता शर्माले स्पष्ट पारे । कांग्रेस केन्द्रीय समितिको वैठकले गत आईतबारको प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिँदै माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन ६ मुद्दामा केन्द्रीत गर्ने निर्णय गरेको थियो ।

तर,मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काँग्रेसको मूल मागको रुपमा रहेको पूर्व २ सभापतिको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र सरकार मातहत राख्ने निर्णय गरिसकेको छ ।  प्रवक्ता शर्माले अबको यो आन्दोलन भ्रष्टाचार विरुद्ध, संघीयताको संविधानमा उल्लेख भएबमोजिमको कार्यान्वयन, डा. गोविन्द केसीको माग सम्बोधन र संसदीय सर्वोच्चताको विषयमा केन्द्रीत हुने बताए।  

प्रतिकृया दिनुहोस

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला