राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सम्झना

          राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सम्झना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र  निर्माता पृथ्वीनारायण शाह मूर्तिमा पुष्प गुच्छा अर्पण गर्दै स्मरण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २९७औं पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रबार आयोजना गरेको समारोहमा सरिक भई पृथ्वी नारायण शाहले नेपालको एकीकरणमा खेलेको भूमिकाको स्मरण गर्नुभयो ।

त्यस अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुग्नुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला