सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस नेता रिजाल

 सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सरकार संसदीय समितिका खिलाप काम गरिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सार्वाजनिक लेखा समितिको वैठकमा वाइडबडी छानबिनमा संसदीय उपसमितिको प्रतिवेदन संसदीय अभ्यास अनुसार नै आएको भन्दै अनावश्यक प्रश्न नउठाउन आग्रह गरे । संसदीय समितिको औचित्यमाथि नै प्रश्न उठने गरी सरकारले छानबिन टोली गठन गरेको रिजालको भनाइ छ । लेखा समितिले छानविन गर्दा कुन दलको को कहाँ छ भन्ने भन्दा पनि कुन समयमा कसको नेतृत्वमा के भयो, कुन अनियमितता कसरी प्रवेश गरेको छ त्यही आधारमा अध्ययन हुने उनले बताए ।

वैठकमा सत्तापक्षका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले भने बिमान खरिदमा भएको अनियमितता सम्बन्धी उपसमितिको प्रतिवेदन प्रति आशंका गरेका छन् । बैठकमा बोल्ने नेकपाका अधिकांश सांसदले समितिमा पेश गर्नु पर्ने प्रतिवेदनको निश्कर्ष सञ्चारमााध्यममा सार्वाजनिक गर्नुले उपसमितिको नियमतमाथि शंका रहेको औल्याएका हुन्।

उनीहरुले प्रतिवेदनले पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई  दोष देखाउनु आपत्तिजनक र पूर्वाग्रहीपूर्ण रहेको समेत टिप्पणी गरे। संसद हृदयेश त्रिपाठीले  बैठकमा मन्त्री अधिकारीको बचाउ गर्दै भने, पहिलो किस्ता गइसकेको अवस्थामा उहाँलाई अन्तिम किस्ता पठाउनै पर्ने बाध्यता परेको हुन सक्छ।’

अर्का सांसद सूर्य पाठकले समितिमा पेश गर्नुअघि नै प्रतिवेदन मिडियामा ल्याउनु गलत भएको भन्दै बैना दिनेलाई नैतिक जिम्मेवारी मात्र लिनुपर्ने तर अन्तिम किस्ता बुझाउनेलाई कारबाही गर्ने सिफारिस गर्नु न्यायोचित नभएको बताए ।

उपसमितिले अधिकारीसँग पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव, गृहसचिव राई, पर्यटन सचिव, वायुसेवा निगमका महाप्रबन्धन सुगतरत्न शंकाकारलाई कारबाही सिफारिस गरेको छ । पूर्वमन्त्री शाही र देवले नैतिक जिम्मेवारी लिनुपर्ने र अधिकारीलाई कानुनबमोजिम कारबाही सिफारिस गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सरकारको समृद्धिको नाराले आफैंलाई

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण

कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक

सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस

प्रधानमन्त्रीको निर्देशनमा रेशम

पशुपति शमशेरले भने, ‘राष्ट्रपति

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला