प्रधानमन्त्रीको निर्देशनमा रेशम चौधरीलाई सपथ,जेलमै बस्नु पर्छःकांग्रेस

   प्रधानमन्त्रीको निर्देशनमा रेशम चौधरीलाई सपथ,जेलमै बस्नु पर्छःकांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कैलाली निर्वाचन १ बाट विजयी भएका राजपाका नेता रेशम चौधरीलाई सपथ खुवाइएको छ । उनले विजयी भएको १३ महिनापछि पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई सभामुख कृष्णबहादुर महराले आफ्नो सचिवालय सिंहदरबारमा बिहीबार सपथ ग्रहण गराए । टिकापुर घटनाको योजनाकारका रुपमा उनलाई पूर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको थियो । सभामुख महराले प्रधानमन्त्री केपी ओलीको आग्रहमा उनलाई सपथ ग्रहण गराएको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले राजपा नेताहरूसँगको भेटमा उनलाई सपथ ग्रहण गराउने आश्वासन दिएका थिए ।

चौधरीले आफ्नो मातृभाषा थारूभाषामा सपथ ग्रहण गरेका छन् । उनलाई संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सांसद्को लोगो दिएका छन् । चौधरीलाई सपथका लागि डिल्लीबजार कारागारबाट प्रहरीले भ्यानमा राखेर सिंहरदबार पुर्याइएको  थियो ।

थारूवान (थरुहट संघर्ष समितिले संविधानप्रति असहमति जनाउँदै गरेको टीकापुर आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो । तीन जना आन्दोलनकारीको पनि मृत्यु भएको थियो ।

फेरि जेल जानुपर्छःकांग्रेस प्रवक्ता

नेपाली कांग्रका प्रवक्ता विश्वप्रकाश शर्माले सपथ सभामुखले सपथ खुवाएका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरी नियम बमोजिम जेलमै बस्नुपर्ने बताएका छन् । उनले ट्वीट गर्दै प्रतिनिधिसभा नियमावलीको व्यवस्था बमोजिम सपथ लिए पनि जेलमै बस्नुपर्ने बताएका छन् ।

यस्तो छ शर्माको ट्वीटः

प्रतिनिधिसभा नियमावली २४४ (३) भन्छ ‘नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न पाउने छैनन्’ उपनियम ४ भन्छ फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म,कैदमा बसेको सांसद पद स्वतः निलम्बन हुन्छ ।

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला