पृथ्वीनारायण शाहलाई सराप्ने अपराधी हुन्ःप्रा.डा केसी

             पृथ्वीनारायण शाहलाई सराप्ने अपराधी हुन्ःप्रा.डा केसी

काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले पृथ्वीनारायण शाहलाई सराप्नेहरूले गम्भीर भुल गरिरहेको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले  भने,‘ पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ, राष्ट्र निर्माताको तस्विरमा पिसाव फेर्ने काम भैरहेका छन् ।’ ‘मुलुक निर्माण गर्ने मानिसका बारेमा यति धेरै भ्रम छन्, नक्कली इतिहास लेखेर सन्ततीलाई झुठो प्रचार गरिँदैछ, किर्तीपुरमा ईतिहास पढ्ने विद्यार्थी छैनन्, अनि भावी दिनहरुमा कसरी हाम्रो ईतिहास बाँच्छ,’उनले प्रश्न गरे ।

उनले नेपालमा नक्कली क्रिश्चियनले डलरको खेती गरेको खुलासा गरेका छन् । केसीले भने,‘कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने होईन त्यो समस्याको जड के हो ? त्यो जान्नुपर्छ, यहाँ दलितहरु ख्रीष्टियन बन्दैछन्, गरिबहरु ख्रीष्टियन बन्दैछन्, किन यस्तो भैरहेको छ ? अरु कुनै कारण छ र ? हिन्दु धर्मका कर्मकाण्डीहरुको व्यवहारले गर्दा यस्तो भएको हो, मन्दिरमा पस्नै नदिने ? दलितलाई हेप्ने ?

अनि उहाँहरुले विकल्प नखोजेर के गर्नुहुन्छ त ? यहाँ नक्कली हिन्दुहरुले गर्दा यस्तो भैरहेको छ, हिन्दुधर्मले कसैलाई पनि सानो÷ठूलो भन्दैन, हिंसा गर भन्दैन, कुनैबेला जापानले चीनलाई हेप्यो र आज जापानले चीनसँग सरी भन्यो, कुनै ईतिहासमा गल्ति गरिएको थियो, दलितसँग माफी मागेर देशको धर्म, संस्कृति र परम्परा जोगाउँदा ब्रहामणहरुको के जान्छ ? पृथ्वीनारण शाहलाई अनावश्यक रुपमा बिबादमा ल्याउनुपर्ने कुनै कारण छैन् ।’

‘होली वाईन’मा गणतन्त्र लरबरायो

स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम कैदीले नक्कली क्रिश्चियन ‘होली–वाईन खाएर लरबराईरहेको दाबी गरे । उनले भने,‘विगत २० वर्षदेखि नेपाल कम्युनिष्टहरु नक्कली कम्युनिष्टहरुको फोहोर मिसाईएको होली खाएर देश डुबाउने काम गरेका छन्, पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति माधव नेपाल यसका जिउँदो उदाहरण हुन, संसारका कम्युनिष्टहरुको शक्तिशाली बिरोधीका रुपमा रहेको विवादित युनिभर्सल पिस फेडेरेसन संस्थाको कमाण्डर बनेका छन्, सरकार राष्ट्र निर्माताको बारेमा विदा कटौती गर्छ, तर यस्ता होली वाईन खाने ठाउँमा गएर उतै सुत्छ, भनिसक्नु छर ?’

पत्रकार कैदीले आधुनिक शिक्षाको नाममा नेपालको बौद्धिक शिक्षालाई सखाप पार्ने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘२०४६ सालको परिवर्तनपछि देश परनिर्भरता र विक्रि हुने मानिसहरुको हातमा पुग्यो, अब जोगाउनको लागि हामी जाग्यौं भने त्यसलाई कसैले रोक्न सक्ने छैन् ।’

 

प्रतिकृया दिनुहोस

नेकपाका ७७ ओटै जिल्ला अध्यक्ष र सचिव

नेवि संघको तदर्थ कमिटी छिट्टै गठन

  मालपोत कार्यालयले खरिदबिक्री गर्न

२०/२५ जना जिल्ला सभापतिको विशेष अधिवेशन

हावाहुरी प्रभावित क्षेत्रमा पुगे

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला