सरकारलाई हाईसञ्चो छः उपप्रधानमन्त्री यादव

    सरकारलाई हाईसञ्चो छः उपप्रधानमन्त्री यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारको उपलब्धि भनेकै निरन्तर सरकार चलिरहनु भएको बताएका छन् । संसदमा प्रतिपक्षीको भूमिकालाई कटाक्ष गर्दै उनले भने,‘सरकार स्थिर छ । कसैले हल्लाएर हल्लिँदैन् । संसदमा विपक्षी छैन । सत्तापक्षका नेताले नै प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् । सरकारलाई हाईसञ्चो छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने,‘संविधान संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन् । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ । यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विधेयक अगाडि बढाउनुपर्छ ।’मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विधेयक दर्ता हुने र पारित हुने पनि विश्वास दिलाए ।

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला