भट्टराईको जति चर्चा गरेपनि अपूरै हुन्छःदेउवा

               भट्टराईको जति चर्चा गरेपनि अपूरै हुन्छःदेउवा

अभिषेक सापकोटा/काठमाडौं । नेपाली कांग्रेसको सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी संग्राहलय प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक स्थान भएकाले यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तीका अवसरमा पूर्णकदकको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले भने,‘नेपालको प्रजातन्त्रिक आन्दोलनको निष्ठावान नेता भट्टराईबारे जति नै चर्चा गरेपनि अपुरो हुन्छ ।’‘विपी संग्राहलय नेपाली कांग्रेसका युद्धाहरू जेल राखिएको स्थान हो, यो हाम्रो पवित्र स्थल पनि हो यसको संरक्षण जरुरी छ,’उनले भने ।

सो अवसरमा शुभकामना मन्तव्य दिँदै कांग्रेस नेता एवम् पूर्व मन्त्री तारणीदत्त चटौतले कृष्णप्रसाद भट्टराई क्षमतावान निष्ठावान नेता हुनुहुन्थ्यो । २०१७ सालपछि जेल बस्ने विपी,गणेशमान सिंह,योगेन्द्रमान,दिवान सिंह लगायतको शालिक निर्माण भइसकेको भन्दै  भट्टराईको शालिक निर्माणपछि एक चरण पुरा हुने चटौतले बताए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले भनिन्‘लोकतन्त्रवादी महत्वपूर्ण स्थान सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण हुनु निकै सुखद रहेका बताइन् ।’आज देशले राजनीतिमा भट्टराई पथ खोजी रहेका पनि बस्नेतले बताइन् ।

गोकर्णेश्वर नगरपालिकका मेयर सन्तोष चालिसेले नगरमा शन्त नेता किसुन जीको शालिक बनाउन पाएकोमा खुसी व्यक्त गरे । विपीको नाममा हामीले छिट्टै हेल्थ पोष्ट निर्माण गर्ने पनि उनले जानकारी दिए ।

कार्यक्रममा विपी संग्राहलयका अध्यक्ष एवम् संरक्षक परशुराम पोखरेलले प्रथम जननिर्वाचित संसदका पहिलो सभामुख, सन्त नेता, एबम पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको प्रशंशा गर्दै जेल जीवन बिताउने अन्य नेताहरूको पनि शालिक निर्माण गर्ने गरिँदै जाने बताए । हामी नेपाली कांग्रेसको इतिहास जोडने क्रमममा छौं यो कार्यमा जस्तै चुनौती आएपनि नरोक्ने पोखरेलले बताए ।  

 

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला