कांग्रेसमा १३ पदाधिकारी राख्ने सहमति

   कांग्रेसमा १३ पदाधिकारी राख्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा लामो रस्साकसीपछि पदाधिकारी चयनको विवाद सल्टिएको छ । अब १३ जना पदाधिकारी राख्ने सहमति भएको छ ।

शीर्ष नेताहरूबीच सह–महामन्त्री ७ जना, उपसभापति र महामन्त्री २/२ जना हुने नयाँ सहमति भएको छ । सभापति र कोषाध्यक्ष गरी पदाधिकारी १३ सदस्यीय बनाउने सहमति भएको हो । अब कोषाध्यक्ष पार्टी सभापतिले मनोनय गर्ने छन भने अन्य पदाधिकारी निर्वाचित हुनेछन् ।

मंगलबार राति १ सभापति, २÷२ उपसभापति, महामन्त्री तथा सह–महामन्त्री तथा एक कोषाध्यक्ष गरी आठ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो । अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने बताइएको छ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश भर्इ त्यसमाथि छलफल हुनेछ । केन्द्रीय सदस्यको संख्या पनि बढाएर १ सय ७० हुने व्यवस्था गरिएको छ ।

महासमिति बैठक सुरु भएको ६ दिन भइसक्दा पनि ठोस निर्णय लिन सकेको छैन । महासमितिमा हिन्दु राष्ट्रको मुद्धा उठेपनि त्यसमाथि महासमितिमा बहस हुने/नहुने टुङ्गो छैन । एक केन्द्रीय सदस्यका अनुसार धेरै राष्ट्रिय मुद्धापनि छन् हिन्दु राष्ट्रको विषय पनि छ त्यसमाथि थुप्रै साथीहरूले आफ्नो धारणा राखेपनि छलफलको कार्यसूची छैन ।

प्रतिकृया दिनुहोस

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री

बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला