‘चुतुर’राजनीतिज्ञको सुनसान अन्त्यष्टि

     ‘चुतुर’राजनीतिज्ञको सुनसान अन्त्यष्टि

अभिषेक सापकोटा/काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएका गिरीको विद्युतीय शव गृहमा अन्त्यष्टि गरिएको हो । गिरी क्यान्सरबाट पीडित थिए ।

बिहीबार दिउँसो ३ बजे एउटा सेनाको गाडी फुलमालाले सजिएको थियो । गाडी सरारस पशुपति आर्यघाटस्थित विद्युतीय शव गृह अगाडि रोकियो र छिटो–छिटो डा.गिरीको लाश शव गृहको ढोका अघि पुर्याइयो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका राप्रपाका केही नेता बाहेक त्यस्तो भिँडभाड केही देखिएन ।

त्यसो त सरकारले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने भनेपनि परिवारले नमानेको बताइन्छ ।

नेपाली राजनीतिका ‘चतुर’ खेलाडीका रुपमा परिचय बनाएका गिरीले २००८ सालमा कांग्रेसको साधारण सदस्यता लिएका थिए । २०१२ सालको नेपाली कांग्रेसको महाधिवेशनमा उनी कांग्रेसको महामन्त्री बन्न सफल भए ।  विस २०१५ सालमा  विपी कोइरालाको मन्त्रीमण्डलमा उप मन्त्री बनेका गिरी केही महिनामै परराष्ट्र मन्त्री भएका थिए ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते निर्वाचित सरकारलाई ‘कू’गरेर निर्दलीय व्यवस्था लागू गरे । त्यसपछि गिरी झनै शक्तिशाली भए । आफ्नै मन्त्रीमण्डलका प्रधामन्त्री वीपी कोइरालाई जेल हाल्दा उनी भने राजा महेन्द्रले गठन गरेको सरकारको रक्षामन्त्री भएर पद सम्हालेका थिए । विस २०१९ देखि ०३३ सालसम्मको अवधिमा उनी ३ पटक–पटक प्रधानमन्त्री भए । उनी २०१९ सालमा मन्त्रीपरिषद्को उपाध्यक्ष तथा राजदरबार सम्बन्धी मन्त्री भएका थिए । र, २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा उपाध्यक्ष समेत भएको थिए ।

नेपालमा प्रजातन्त्र पुनस्थापनाको आन्दोलन चर्किन थालेपछि उनी २०४२ सालमा श्रीलंका तिर लागेका थिए । राजा ज्ञानेन्द्रले निर्वाचित सरकार हटाएपछि उनलाई ०६१ मा फेरि उपाध्यक्ष बनाएका थिए । त्यसयता उनी राजनीतिमा निष्क्रिय थिए । पञ्चायतकालको राजनीति आफ्नै वरिपरि घुमाउन सफल गिरीको अन्त्य भने निकै निकै शान्त देखियो ।    

प्रतिकृया दिनुहोस

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री

बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला