कांग्रेस कस्तो बनाउने ?

कांग्रेस कस्तो बनाउने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमितिको बैठकमा पार्टीलाई कुन दिशामा लैजाने बहस चलिरहेको छ । आइतबारदेखि जारी महासमिति बैठकमा सदस्यहरूले आ–आफ्ना भनाइ राखिरहेका छन् । उनीहरूले नेतृत्वको विवाद सल्टाएर पार्टी एक ढिक्का हुनुपर्ने भन्दै नेतृत्वलाई दबाव दिइरहेका छन् । पेचिला मुद्धाहरू किनारा लगाएर पार्टी एक ढिक्का भएको सन्देश गाँउ–गाँउसम्म पुर्याउनुपर्नेमा महासमिति सदस्यले जोड दिएका छन् ।

कांग्रेस १४ जना महासमिति सदस्यले सोमबार रिपोर्टर्स क्लबमा आफ्नो धारणा राख्दै नेपाली जनताको लोकप्रिय पार्टीको शाख गुम्न नदिन नेतृत्व समक्ष आग्रह गरेको छ ।

पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले कांग्रेसलाई अझैपनि पहिलो पार्टी बनाउन सकिने तर त्यसका लागि नेतृत्व एक हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने,‘पार्टीभित्र अहिले नातावादभन्दापनि दातावाद हावी भयो ।’

कर्णबहादुर मल्लले पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिए । अब मुलुकमा समृद्धिको नेतृत्वपनि कांग्रेसले नै गर्ने उनको जिकीर छ । उनले भने,‘अब मुलुकलाई कम्युनिष्टविहीन बनाउनुपर्छ । त्यसको लागि कांग्रेस एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’ उनले ८७१ महासमिति सदस्यरुले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकोले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिए ।

महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाइ अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिए । संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको उनले सुनाए । नेतृत्वका कारण अहिले पार्टी कमजोर भएको उनको गुनासो छ ।

महासमिति सदस्य एवम् नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाले पार्टीलाई अब तल्लो स्तरबाटै शुद्धिकरण, सुदृढिकरण र एकतावद्ध बनाउनुपर्नेमा जोड दिईन् । वर्तमान सरकार दुई तिहाई बहुमतको भएपनि यो ९ महिनामा सरकारले विकास, सुशासन र समृद्धि हाँसिल गर्न नसकेको उनले आरोप लगाईन् ।

महासमिति सदस्य विष्णु धितालले कांग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने धारणा राखे । हिन्दूराष्ट्रको बारेमा जनमतसंग्रह गुर्नुपर्ने उनको माग छ । उनले भने,‘जनमतसंग्रहबाट आएको मतलाई हाम्रो पार्टीले सम्मान गर्नुपर्छ ।’

महासमिति सदस्य मोहम्मद ईशाद अन्सारीले मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्नेमा जोड दिए । मधेशमा कांग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा छलफल हुनुपर्ने उनको भनाई छ । मधेशको विकास र भलाई कांग्रेसले मात्रै गर्नसक्ने उनको जिकिर छ ।

प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न. ७ का संसदीय दलका नेता डा. रणबहादुर रावलले गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए । उनले भने,‘हामीबीच एकता आवश्यक छ । देशमा कांग्रेसको विकल्प छैन । देशको विकास गर्ने नै कांग्रेसले मात्रै हो ।’

महासमिति सदस्य लोकेश ढकालले कांग्रेस अब हिन्दूराष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राखे । उनले भने,‘कांग्रेसले अब आफूलाई वैचारिक रुमा करेक्शन गर्नुपर्छ ।’ बहुमत महासमिति सदस्यहरु हिन्दूराष्ट्रको पक्षमा उभिईसकेकोले अब कांग्रेस यसबाट ब्याक हुन नहुने उनको भनाई छ ।

महासमिति सदस्य नगेन्द्र कुमालले कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाकोजस्तै हालत हुने जिकिर गरे । उनले भने,‘कांग्रेस लोकतन्त्रको हिमायती हो । कुनै धर्म विशेषलाई पक्ष बनाएर जानुहुँदैन् । हिन्दूराष्ट्र बनाएर गए कमल थापाकोजस्तै हालत हुन्छ ।’

पूर्व गृहराज्यमन्त्री एवम् महासमिति सदस्य रामकुमार चौधरीले कांग्रेसभित्र अहिले संकटको घडी देखिएको आरोप लगाए । उनले भने,‘केन्द्रिय कार्य समितिले महासमितिलाई बन्धक बनाउन खोजेको छ । यो महासमितिको अपमान हो ।’ कांंग्रेस अहिले कमजोर अवस्थामा रहेको सुनाउँदै उनले भने,‘जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर हुन्छ । अहिले धर्मको नाममा युद्ध हुन लागेको छ ।’

महासमिति सदस्य, नन्दमणि राईले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको धारणा राखे । उनले अहिले हिन्दुराष्ट्र बनाउने कुरा बेमौसमको बाजाजस्तै भएको बताए । उनले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे ।

महासमिति सदस्य, सिता देवकोटाले पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘अब व्यक्तिगत बहसलाई होईन, वैचारिक बहसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।’

महासमिति सदस्य मोहम्मद सिद्दिकीले अब पार्टीभित्रै एक आपसमा लडेर बस्न नहुने धारणा राखे । सबै मिलेर अघि बढे कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी छ । उनले भने,‘कांग्रेस कमजोर छैन् । हामी मिलेर गयौं भने कम्युनिष्टलाई धुल चटाईदिन्छौं ।’

महासमिति सदस्य सुर्यदेव दाश उराउले केन्द्रीय सदस्य केन्द्रबाट मनोनित नगरी वडास्तरबाटै आउनुपर्नेमा जोड दिए । उनले विधानमा उल्लेख भएको समावेशी–समानुपातिकको अहिले गलत उपयोग भैरहेकोमा ध्यानाकार्षण गराए । उनले भने,‘आउँदा दिनहरुमा तराईका आदिवासी, दलितहरुलाई पनि यसमा समेट्नुपर्छ ।’

 

 

प्रतिकृया दिनुहोस

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री

बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला