पञ्चायतकालका हस्ती पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको निधन

 पञ्चायतकालका हस्ती पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । क्यान्सरबाट पीडित गिरीको आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको हो ।  उनको ९३ वर्षको उमेर निधन भएको हो । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गिरी पञ्चायतका हस्तीका रुपमा चिनिन्छन् । 

उनलाई कलेजोको क्यान्सर लगाएतका अरु रोगहरुले ग्रसित बनाएको परिवारले जनाएको छ । पछिल्लो पटक उपचारका लागि मेडिसिटीमा उपचार भएको थियो । तर सुधार हुन नसकेपछि घर ल्याइएको थियो ।

उनी २०१९ सालमा मन्त्रीपरिषद्को उपाध्यक्ष तथा राजदरबार सम्बन्धी मन्त्री भएका थिए । र, माघ १८ पछि राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा उपाध्यक्ष समेत भएको थिए ।

तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए।

उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए। उनका २ छोरा र २ छोरी र श्रीमति छन् । 

प्रतिकृया दिनुहोस

सरकारको समृद्धिको नाराले आफैंलाई

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण

कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक

सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस

प्रधानमन्त्रीको निर्देशनमा रेशम

पशुपति शमशेरले भने, ‘राष्ट्रपति

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला