कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

    कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक आज (शनिबार) ११ः३० बजेबाट सुरु हुँदैछ । सिंहदरबारको पश्चिम प्रवेश द्वारअगाडि रहेको यगम्बर पार्टी प्यालेसमा हुने महासमितिको उद्घाटन सत्र सकिएपछि बन्द सत्र सुरु हुनेछ ।

पुस ३ सम्म चल्ने बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशाङ्क कोइरालाले साङ्गठनिक प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आर्थिक आयव्ययसम्बन्धी प्रस्ताव र सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको भावी आर्थिक प्रस्ताव प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ । बन्द सत्रमा महासमिति सदस्यहरूलाई सात समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनमाथि समूहगत छलफल गराएर निष्कर्ष पेस गर्ने व्यवस्था मिलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महासमिति बैठकमा करिब सत्र सय जना सहभागी हुने बताइएको छ ।  २४० निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिला सदस्यसहित पाँच जनाका दरले एक हजार दुई सयजनाको सहभागिता रहनेछ । यसैगरी भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्था र विदेशस्थित जनसम्पर्क समितिबाट ९७/९७ जना प्रतिनिधि बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति तथा २६ जना सांसदले भने पर्यवेक्षककारूपमा भाग लिनेछन् । केन्द्रीय सदस्यहरू स्वतः महासमिति बैठकमा सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला