कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर हुनु होःजोशी

 कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर हुनु होःजोशी

अभिषेक सापकोटा/काठमाडौं  कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रभावकारी कांग्रेस पार्टी निर्माणका लागि आफ्नो अवधारणा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पार्टीको महासमिति बैठकलाई लक्षित गर्दै ‘समुन्नत राष्ट्र,सम्पन्न नागरिकका लागि प्रभाशाली कांग्रेस’ नामक पुस्तिका नै सार्वजनिक गरे ।

नेपाली कांग्रेस पार्टीको अबको कार्यदिशा र भावी रणनीतिबारे उनले आफ्नो धारणा व्यक्त गरेका थिए । कांग्रेस कमजोर भएमा जनता कमजोर हुने र नागरिकले प्रयाप्त स्वतन्त्रता उपभोग गर्न नपाउने जोशीको भनाइ थियो । कांग्रेको विकाल्प छैन, कांग्रेस नागरिकको हातमा शासन चाहन्छ भने अरुले जनतामाथि शासन चाहन्छ त्यसैले विधिको शासन कांग्रेसबाट मात्र सम्भव छ, उनले भने,‘यसबारे पार्टी नेतृत्व पनि सजग र सचेत हुनु जरुरी छ ।

जनताको प्रिय पार्टी बन्नका लागि  कांग्रेसले तल्लो तहबाट संगठन सुधार्नु पर्ने बेला आएको छ ।’ जोशीको ४४ पृष्ठ लामो पुस्तिकामा नेपाली कांग्रेसको अग्रगामी रणनीति,कांग्रेसको आदर्श र प्रेरणा,महासमितिले गर्नुपर्ने संकल्प र कार्यदिशा,परिवर्तनको मियो देशको भविष्य दिने कांग्रेस,द्धैध चरित्रका कम्युनिष्ट,समुन्नत नेपाल र सम्पन्न नागरिक लगायत विषय छलफलका लागि प्रस्ताव गरिएको छ ।     

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला