निर्मला हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्री राजीनामा देऊःमहिला संघ

    निर्मला हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्री राजीनामा देऊःमहिला संघ

काठमाडौं । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ ।  

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा मागेको हो । संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी छिन् ।

सांसद खतिवडाले भनिन्,‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्र्सना गर्दछ ।’

महिला हिंसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले अघि थपिन्,‘असल मानिस केही नगरि बस्नु भनेको खराब मानिसको नियत सफल हुनु हो’ राज्यले महिलाकोबारेमा अधिकार दिएको छ, तर व्यवहारमा महिलाहरुले अधिकार पाएका छैनन्, ।’

 

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला