सांसद टेम्पोमा संसद भवन जानुपर्ने, राष्ट्रपतिलाई १८ करोडको गाडी ?: सांसद यादव

  सांसद टेम्पोमा संसद भवन जानुपर्ने, राष्ट्रपतिलाई १८ करोडको गाडी ?: सांसद यादव

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई १८ करोडको गाडी आवश्यक नरहेको बताएका छन् । सांसद यादवले सांसद टेम्पो र माईक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिका लागि किन महँगो गाडी चाहियो भन्दै प्रश्न गरे ।

रिपोर्टस क्लबले  आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद यादबले भने,‘महँगो गाडी खरिद गर्नेबारे हडबडमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने हुन्छ ।’ १८ करोडको गाडी किन चाहियो ? हिजो हामीले पार्टी अध्यक्ष एवम् उपपप्रधानमन्त्री उपेन्द्र यादवसँग दुई घण्टा छलफल गर्यौं । उहाँको रायपनि यही छ ।’

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको स्पष्ट पारेका छन् ।

नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भीर ध्यानाकार्षण हुनुपर्ने बताए । उनले भने,‘सम्मानीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन् । गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो । तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन् । बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ । सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन् ।’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ ।’ यद्धपी उनले यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलाषीको लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए । तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको खड्काले दुःखदायी कुरा सुनाए । उनले भने,‘यो ध्यान दिने विषय हो ।’ राष्ट्रपतिले हालै संसदमा सम्बोधन गर्दापनि आलोचना व्यहोर्नुपरेको उनले सुनाए । उनले थपे,‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ । संस्था सुहाउँदो चरित्र भएन भने त्यो गतिविधिले व्यवस्थामा फरक पर्न सक्छ, सरकारलाई फरक पर्न सक्छ, जनतालाई फरक पर्न सक्छ । यता तर्फ म यो संस्थालाई सचेत गराउन अनुरोध गर्दछु ।’

 

प्रतिकृया दिनुहोस

निर्मला हत्यारा पत्ता लगाउन नसक्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले

सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

सांसद टेम्पोमा संसद भवन जानुपर्ने,

पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा

निर्मलाका बुवाआमासँग गगन थापाले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला