पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा हुनःसुजाता

   पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा हुनःसुजाता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीभित्र गुटबन्दी वढनुमा सभापति शेरबहादुर देउवा दोषी रहेको बताएकी छन् ।

सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उनको आरोप छ । उनले भनिन्,‘उहाँले गरेका केही गल्ती र क्रियाकलापले त कांग्रेस धेरै कमजोर भएको छ । चुनावभन्दा अघिपनि उहाँले लिएका निर्णय सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुरदशा हामीले भोग्नुपरिरहेको छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘पार्टीमा गुटबन्दी वढी रहेको छ त्यसको दोष कसलाई दिने ? त्यो जिम्मेवारी पार्टी सभापनि नै लिनुपर्छ ।’ नेतृ कोइरालाले अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने बताइन् । उनले भनिन्,‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ । यो कामलाई गाउँ÷गाउँ बस्तीबस्तीमा कांग्रेस लैजानु पर्छ ।’

हामी तीन जना कोइराला शशांक, शेखर दा र म एक छौं । ‘अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो,’ उनले भनिन् आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले भनिन्,‘समय आएपछि सबैजना बसिकन् सल्लाह गरेरमात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ । तुर, अहिले भने हामीहरु तीन जना एकजुट भईकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्ला/जिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें । मोरङमा पनि उत्साह देखियो ।

जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो उर्जा देखियो, अब यसलाई ढिला नगरी विस्तार गर्छौं ।’ कांग्रेस बलियो हुँदा देशमा विद्यमान सबै समस्या समाधान भएको पनि उनले सुनाईन् । उनले भनिन्,‘कांग्रेस बलियो हुँदा देशको सबै समस्या सम्बोधन गरेको छ । शान्ति प्रक्रियादेखि लिएर हरेक कुराको समाधानपनि कांग्रेसले नै गरेको हो ।

मुलुकमा जतिपनि अस्थिरता हुन्छ, त्यसको समाधानपनि कांग्रेसले नै दिएको छ र दिन्छ । यो मुलुकलाई फेरी उचाइमा लिएर जान्छौं । देशमा गर्व गर्ने दिन फेरि आउँछ । त्यो दिन धेरै पर छैन् ।’ नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरिन् । उनले भनिन्,‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ ।

नत्र त्यसले पार्टीलाई क्षति पुर्याईरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’ आउने महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेद्धवारी दिन पार्टीभित्र मोर्चाबन्दी बन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भनिन्,‘सभापति बन्नको लागि अब सबैजनाको तयारी त भैरहेको छ नि । अरुपनि छन् ।

देउवामात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको ईच्छा छ सभापति बन्ने । त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ । अहिले देउवाजीलाई हराउने वा पछार्ने कुरा नगरौं । त्यो त्यही बेलाको कुरा हो । अहिले पार्टी बनाउने कुरा गरौं ।’

 

प्रतिकृया दिनुहोस

निर्मला हत्यारा पत्ता लगाउन नसक्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले

सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

सांसद टेम्पोमा संसद भवन जानुपर्ने,

पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा

निर्मलाका बुवाआमासँग गगन थापाले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला