अझै राजतन्त्र ब्युँतिने खतराः चित्रबहादुर

       अझै राजतन्त्र ब्युँतिने खतराः चित्रबहादुर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अझै मुलुकमा राजतन्त्र पुर्नस्थापना हुने खतरा जीवितै रहेको औंल्याएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादी हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको जिकिर गरेका छन् । उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् ।

र, भारतको अनुकूलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र ब्युँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटब्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए । उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ ।’

 

प्रतिकृया दिनुहोस

नेवि संघको तदर्थसमिति कुन्दन काफ्ले

२२ बुँदे मागसहित राप्रपा आन्दोलनमा

सरकारको एक वर्ष कामभन्दा कुरै धेरैः

       राणा र लोहनीको पदभार,राजतन्त्र

एकीकरण अन्तिम चरणमाःप्रचण्ड

सरकार र कांग्रेस असफल, अब राजतन्त्र

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला