प्रधानमन्त्री ओली हुकुमी शासक बन्न खोज्दैः केसी

 प्रधानमन्त्री ओली हुकुमी शासक बन्न खोज्दैः केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ता र शक्तिको उन्माद भएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले ‘हुकुमी शासन’ गर्न खोजेको समेत आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने,‘ प्रधानमन्त्री अहिले आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उनमा जंगबहादुर बन्ने आकांक्षा तीव्र रुपमा विकसित भएको छ ।’ नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भने,‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ ।’

प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहात केन्द्रित गरेकोमा पनि उनले आपत्ति जनाए । केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त ? वृद्धभत्ताको कुरा उठाउँदा–उठाउँदै म त थाकिसकें ।

सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो । तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो ? वाईडबडीको विवाद त्यस्तै छ । साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’ फरक प्रसंगमा उनले पार्टीको विधानबारे गम्भीर छलफल हुने बताए । मस्यौदा समितिले विधान अहिलेसम्म केन्द्रीय कार्य समितिमा पेश गर्न नसकेको बताए । ‘विधानका सम्बन्धमा सबैका आ–आफ्ना धारणाहरु हुन्छन् । तर, हामी अन्तिम निश्कर्षमा पुर्याउँछौं–’ उनले भने ।  

पार्टी केन्द्रीय कार्य समितिको बैठक भोलि बोलाईए पनि बैठकका एजेण्डा अहिलेसम्म थाहा नभएको उनले जनाए । उनले भने,‘भोलि बैठक छ । तर, अहिलेसम्म एजेण्डा थाहा छैन् । हुन त मंसिर २ गते नेविसंघ वर्तमान कार्यसमितिको पदावधि सकिँदैछ । सम्भवतः यही विषयमा छलफल हुन्छ होला भनेर मैलेपनि लख काट्ने हो ।’ केसीले नेविसंघको अधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले टिके प्रथाबाट मनोनित गर्ने कुराको आफू विरोधी भएको पनि जनाए । उनले भने,‘टिके प्रथाको म हिजोपनि विरोधी थिएँ । आजपनि विरोधी नै हुँ । र, भोलि पनि विरोध गर्छु ।’

नेविसंघमा तदर्थ समिति बनाउने कुरा विकल्प हुनै नसक्ने उनको जिकिर छ । उनले भने,‘यसको एकमात्र विकल्प भनेको अधिवेशन गर्नुपर्छ । नेताको भजन मण्डलेलाई नेविसंको नेतृत्व सुम्पिनुहुँदैन् । नेविसंघलाई अब पंग्गु र व्यक्तिमुखी नबनाऔं ।’

 

प्रतिकृया दिनुहोस

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री

बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला