नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल तोक्न माग

     नेवि संघको १२ औं  महाधिवेशन मिति तत्काल तोक्न माग

काठमाडौं । नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले समूहले तत्काल नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तोक्न माग गरेको छ ।

सोमबार दिउँसो वाल्मिकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर महामन्त्री काफ्ले निकट समूहले १२ औं महाधिवेशन तोक्न माग गर्दै आफ्नो आवाज कुल्चिएर अगाडि नबढन आग्रह गरेको छ । महामन्त्री काफ्लेले भने, ‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टिके प्रथाबाट नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्न चाहन्छौं ।’

पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न आन्दोलन नै गर्नुपर्ने बेला आएको छ । ‘हामीले उमेरहदको बारेमा केही बोलेका छैनौं । विधिवत् महाधिवेशन चाहेका हौं । महाधिवेशन सुनिश्चित नभएसम्म हामी आन्तरिक संघर्ष गर्न तयार छौं,’ महामन्त्री काफ्लेले भने । उनले ११ औं महाधिवेशनबाट निर्वाचित भएको अहिलेको कार्यसमितिको म्याद कम्तिमा पनि दुई महिना थप गरिए आफूहरु १२ महाधिवेशन गर्न तयार रहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेका साथमा उपाध्यक्ष रामप्रसाद अधिकारी,डिल्लीराम सुवेदी,सहमहामन्त्री माधव ढकाल ,केन्द्रीय सदस्य सुशील भट्ट लगायतका नेताहरूको उपस्थिति थियो ।

वर्तमान कार्यसमितिको वैधानिक म्याद गत भदौ २ गते समाप्त भएको थियो । तर, पार्टीले महाधिवेशन सम्पन्न गर्ने गरी नैनसिंह महर नेतृत्वको म्याद ३ महिनाका लागि थप गरेको थियो । नेविसंघको वर्तमान कार्यसमितिको म्याद मंसिर २ गते सकिँदैछ ।

 

प्रतिकृया दिनुहोस

निर्मला हत्यारा पत्ता लगाउन नसक्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले

सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

सांसद टेम्पोमा संसद भवन जानुपर्ने,

पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा

निर्मलाका बुवाआमासँग गगन थापाले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला