शक्तिशाली सरकारको कछुवा गति सुहाएनः अध्यक्ष राणा

         शक्तिशाली सरकारको कछुवा गति सुहाएनः अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले शक्तिशाली सरकारको सुस्त गतिबाट जनता आजित भएको बताएका छन् । बडा दशै,तिहार,नेपाल सम्बत तथा छठ पर्वका अवसरमा पार्टीले आइतबार पार्टी केन्द्रीय कार्यालय चावहिलमा आयोजना गरेका चियापन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष राणाले सरकार गठन भएको ७ महिना बित्दा समेत सरकारले उल्लेख्य काम गर्न नसकेको दाबी गरे ।

‘दुइ तिहाइको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो त्यो पटक्कै देखिएन,’उनले भने,‘ ०४७ सालपछिको शक्तिशाली सरकार भएपनि यसले आफ्नो अस्तित्व गुमाउँदै गएको छ ।’ तिहार लगत्तै हामी जनजिविकाका सवाललाई लिएर प्रधानमन्त्रीसँग भेटने तयारीमा छौ । सरकारले मेलम्ची खानेपानी,माथिल्लो तामाकोशी जस्ता ठूला परियोजनाको काम अघि वढाउन नसकेका पनि उनले आरोप लगाए ।

सो अवसरमा अध्यक्ष राणाले आफ्ना पार्टीसँग विचार मिल्ने दलहरू बीच एकता गर्न आफू तयार रहेको बताए । उनले भने,‘विचार मिल्ने पार्टीलाई समेटेर मुलुकलाई उज्यालो दिशा तर्फ लैजानु आजको आवश्यकता हो ।’

तस्वीर/ अभिषेक सापकोटा  

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला