पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेसको चियापान कार्यक्रम शुरू

       पार्टी केन्द्रीय  कार्यालयमा सानेपामा कांग्रेसको चियापान कार्यक्रम शुरू

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं,तिहार,  नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शंसाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु कृष्ण प्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, प्रकाशमान सिहं लगायतको उपस्थिति रहेको छ । कांग्रेसका नेता तथा प्रतिनिधि आउने क्रमम जारी छ भने अन्य व्याक्तिहरु चियापान कार्यक्रम सहभागी भइरहेका छन् । चियापानमा भारतीय राजदुत मञ्जीव  सिंह पूरी सहभागी भएका छन् ।

कोजागत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान गर्ने गरिएपनि कांग्रेस नेता चक्र बास्तोलाको निधनका कारण चियापान सार्नु परेको हो ।    

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने छ ।

 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला