कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सडक आन्दोलन गर्नेः डा. महत

       कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सडक आन्दोलन गर्नेः डा. महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सडक आन्दोलन गर्ने तयारी गरेको छ । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले यस्तो उद्घोष गरेका हुन् ।

उनले भने,‘तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने थाल्ने छ ।’ प्रधानमन्त्री केपी ओलीको सरकारप्रति जनताको ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । डा.महतले भने,‘हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’

आफूहरुले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको उनले दाबी गरे । उनले भने,‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रुपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रीय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए । महतले भने,‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाईसेन्स पाएको ठानेको छ ।

यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’ स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने,‘यसले गर्दा मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ ।

यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ ।’ महतले थपे,‘वाईड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्डपनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होईन, व्यक्तिको फाईदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन् ।’

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने,‘ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होईन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।’

 

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला