नयाँ शक्तिले फरक शैलीको जनयुद्ध गर्छः डा.भट्टराई

          नयाँ शक्तिले फरक शैलीको जनयुद्ध गर्छः डा.भट्टराई

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब आफूहरूले नयाँ खालको क्रान्ति गर्ने बताएका छन् । बुधबार पार्टीको १५ औं संघीय वैठकको उद्घाटन गर्दै भट्टराईले तर त्यस्तो क्रान्ति सशस्त्र नहुने भन्दै फरक ढङ्गले जनयुद्ध गर्ने जिकिर गरे ।

राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उद्घोष गरे ।  अहिलेको अवस्थामा जनताले नयाँ विचार र नयाँ दृष्टिकोण चाहेकाले त्यही अनुरुप चल्नु पर्ने उनले बताए । सत्तारुढ नेकपा, कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएपनि तिनको विचारमा नयाँपन नभएको उनको भनाइ छ ।  

कांग्रेस, सत्तारुढ नेकपा असफल भए आफ्नो पालो आउँछ भनेर बसिरहेकाले देशलाई आर्थिक विकास र समृद्धि दिनका लागि अर्को कुनै शक्ति देखा नपरेको भन्दै उनले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए ।

आफुले यूरोप, अमेरिका भ्रमण गरेको आएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा बढी सम्मान र सत्कार पाएको पनि जिकिर गरे ।

नयाँ शक्तिको देशभित्र र बाहिर पनि राम्रो प्रभाव रहेको दाबी गर्दै भट्टराईले पार्टीको संगठन भने स्थानीय जनतासम्म प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अबको पाँच महिना स्पष्ट योजना बनाएर पार्टीको संगठन वडा तहसम्म पुर्‍याइने कार्यलाई प्राथमिकता दिइने उनले बताए ।

सरकारले बुढिगण्डकी आयोजना लगायतका आयोजनाहरुमा गलत निर्णय गरेको उनको आरोप छ ।

नयाँ शक्तिको १५ औं संघीय वैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । पहिलो दिन बुधबार संयोजक भट्टराईले राजनीतिक प्रतिवेदलन प्रस्तुत गर्नेछन् । त्यसको समीक्षा सहित बिहीबार बैठक सकिनेछ ।

 

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला