कांग्रेस नेता चक्र बास्तोलाको अन्तिम संस्कार आइतबार बेलुका गरिने

   कांग्रेस नेता चक्र बास्तोलाको अन्तिम संस्कार आइतबार बेलुका गरिने

काठमाडौं । ६ वर्षदेखि मस्तिष्क घातबाट अचेत कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको छ। उनको अन्तिम संस्कार आइतबार बेलुका गरिने भएको छ । तर, नेपाली काग्रेसले अहिलेसम्म बास्तोलको अन्तिम संस्कारबारे औपचारिक जानकारी गरेको छैन ।

बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलाकी जेठी छोरी लण्डनमा रहेका ले उनी आएपछि मात्र दाहसंस्कार गरिने छ । बास्तोला ०६९ सालमा विराटनगरको एउटा कार्यक्रममा सम्बोधन गर्दागर्दै लडेका थिए । उनलाई त्यतिबेला मस्तिष्कघात भएपछि भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँवमा उपचार भएको थियो ।  

बास्तोलालाई शनिबार राति १०ः२० बजे चिकित्सकले हेरेर मृत घोषणा गरेका थिए । चिकित्सकले हेर्दा केही समय अगाडि नै बास्तोलाको निधन भइसकेको बताएका थिए । सो आँकडा अनुसार राति ९ः२० तिरै बास्तोलाको निधन भएको हुन सक्ने काफ्लेले बताए ।

अन्तिम अवस्थामा पुगेको जानकारी पाएपछि काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशाांक कोइराला, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक बास्तोला निवास खुमलटार पुगेका थिए ।  

काफ्लेका अनुसार एक छोरी इटहरीमा छिन् भने अर्की छोरी बेलायतको लण्डनमा छिन् । इटहरीबाट आइतबार बिहानै आइपुग्ने र लण्डनबाट आउन साँझ ५ बज्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस

सरकारको समृद्धिको नाराले आफैंलाई

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण

कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक

सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस

प्रधानमन्त्रीको निर्देशनमा रेशम

पशुपति शमशेरले भने, ‘राष्ट्रपति

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला