गौर । स्वतन्त्र तराई–मधेसको अभियान सञ्चालन गर्दै आएका सीके राउत पक्राउ परेका छन् । दुई कार्यकर्तासहित उनलाई रौतहटको गौर नगरपालिका भन्सार रोडबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै गौरका रामेश्वरप्रसाद यादव र महोत्तरीका सञ्जय स्वराजी पनि पक्राउ परेको रौतहट प्रहरीले बताएको छ । सीके राउतलाई राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ गरिएको हो । राउत उनीविरुद्ध परेको संगठित अपराधको मुद्दाको तारेख लगाउन जनकपुरबाट गौर आएका थिए ।
उनी अदालतबाट बाहिरिँदा सय डेढ सय जनाको मोटरसाइकल र्याली निस्किएको र राज्य विरोधी नारा लगाएपछि पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । राउत यसअघि संगठित अपराधमा पक्राउ परेर तारेखमा छुटेका थिए ।
प्रकाशित २१ आश्विन २0७५ , आइतबार | 2018-10-07 12:53:38
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार