आईजीपी होईन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः अध्यक्ष महर

  आईजीपी होईन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः अध्यक्ष महर

काठमाडौं ।  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने,‘साथीहरुले आईजीपीको राजीनामा माग गर्नुभएको छ, एकजना कर्मचारीलाई हटाएरमात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ ।’

उनले चाडपर्वको मुखमा अहिले ३०० प्रतिशतले मूल्यवृद्धि भएकोमा पनि आपत्ति जनाए । उनले भने,‘चर्को मुल्यवृद्धिले सबैको ढाड सेकेको छ । यसको मारमा हामी सबै जनता परेका छौं ।’ पेटा«ेलियम पदार्थको मुल्य हरेक १५–१५ दिनमा वृद्धि गरिएको सुनाउँदै उनले कडा आपत्ति जनाए । उनले थपे,‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि त्यसले जनताका दैनिक जीवनमा आवश्यक पर्ने हरेक वस्तुमा मुल्य वृद्धि गराएको छ ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले महिनौं बित्दापनि अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको भन्दै प्रहरी प्रशासन चुकेको आरोप लगाए । उनले भने,‘प्रहरी प्रशासनले सरकारलाई असहयोग गर्यो । निर्मला पन्त प्रकरणमा अपराधीलाई कारवाही गर्न प्रहरी चुकेको छ ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरुले विल्कुलै निर्मलाको न्यायको निम्ति हिजो गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्पष्ट पारे । उनले जघन्य अपराधमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भने,‘निर्मलाको न्यायको निम्ति हिजो हामीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । घट्ना संलग्न अपराधीहरुलाई पक्राउन गर्न नसकेको अवस्था छ, अहिले पीडित परिवारलाई न्याय दिलाउनु राज्यको सर्वथा दायित्व हो ।

देश र जनताको मुख्य चासो छ ।’ अहिलेसम्म प्रहरीले अपराधीलाई फेला पार्न नसकेको सुनाउँदै तामाङले भने,‘निर्मला बलात्कार हत्या काण्ड आज, एउटा यस्तो विकराल भयो । यो हत्याकाण्ड नै होईन की जस्तो, बलात्कार नै भएन की जस्तो, यस्तो प्रकारको एउटा अन्यौलपूर्ण अवस्था पैदा भयो । यसको जवाफ कसले दिने ? प्रहरी प्रवक्ताले नै हिजो स्विकार गर्नुभएको छ, प्रहरीहरुलई नै कारवाही गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

सरकारको समर्थन फिर्ताबारे छलफल भएको

निर्मला हत्यारा पत्ता लगाउन नसक्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला