काठमाडौं । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कदैँ छन् । प्रधानन्त्री ओलीसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते अमेरिका गएका थिए ।
प्रधानमन्त्री ओली बिहीबार अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगको पनि भ्रमण गर्नुभएका साथै प्रधानमन्त्री ओलीले कोष्टारिकाको समेत भ्रमण गरेका थिए । त्यस अवसरमा उहाँले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन समेत गरेका थिए ।
प्रकाशित १८ आश्विन २0७५ , बिहिबार | 2018-10-04 03:53:55
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार