जनता कांग्रेस नै ठिक भन्न थालिसकेःप्रकाशमान सिंह

        जनता कांग्रेस नै ठिक भन्न थालिसकेःप्रकाशमान सिंह

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले स्थिरता र शान्ति सुव्यवस्था दिन नसकेको आरोप लगाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ को १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने,जनतालाई स्थिरता दिन्छु भन्ने सरकारको स्थिरता यही हो त ?

दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गरे । नेता सिंहले भने,जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।

महँगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको उनले बताए । अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ, नेता सिंहले भने, कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ । छटपटी सबैलाई भइरहेको छ । बरु कांग्रेस नै ठीक भन्न थालिसके ।

प्रतिकृया दिनुहोस

कांग्रेसको ‘छायाँ सरकार’का मन्त्री

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला