‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने उक्ति कति सुन्ने हो सरकारःमाधव नेपाल

    ‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने उक्ति कति सुन्ने हो सरकारःमाधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले सरकारको कडा आलोचना गरेका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै नेता नेपालले ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि केही किनारा लगाइदेऊ,’ भन्ने अवस्था आएको आएको बताए ।

कञ्चनपुर, रौतहटलगातका स्थानमा अमानवीय घटना घटेको भएपनि अपराधी पत्ता लगाउन गृह प्रशासन चुकेको आरोप नेता नेपालले लगाए । जनता सरकारका काम हेर्न आतुर छन् । तर, सरकारले भने परिणाममूखी कामै गर्न सकेको छैन । नेता नेपालले सरकारले सही ढंगले काम गरेमा जुन जोगी आएपनि कानै चिरेको भन्ने भनाइ सुन्नु नपर्ने थियो । यो स्थितिलाई परिवर्तन गर्न उनले सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराए ।

देशमा भ्रष्टाचार व्यक्त रहेको र धेरै भ्रष्टहरू नै माथिल्लो पदमा पुग्ने गरेको भन्दै नेता नेपालले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । ‘विभिन्न फैसलामा भ्रष्टलाई जिताउनेहरू नै माथिमाथि उक्लने जुन सिलसिला छ, यो कहिले बन्द हुन्छ ?’ नेता नेपालले प्रश्न गरे, ‘हिजो भ्रष्टाचार गरेर शाखा अधिकृत उपसचिव हुँदै सचिव हुने जुन सिलसिला छ यो कहिले बन्द हुने ?’

दुनियाँले औला ठड्याइरहेको र भ्रष्टचारी भनेको व्यक्ति पुरस्कृत हुँदा आफ्नो शिर निहुरिएको भन्दै नेता नेपालले यसलाई रोक्नु अनुरोध गरे । सरकारले राम्रो काम नगर्दा सांसदहरूले दुःख पाएको भन्दै नेता नेपालले जनताले के भन्छन् भन्ने जवाफ दिनका लागि नभई त्रुटि र समस्या समाधानमा अघि बढ्नुपर्ने बताए ।

‘बाटोघाटो र बसमा यात्रा गर्नेहरू (सांसद)लाई कान नै थुन्नुपर्ने अवस्था आउँछ होला ? कुनै पसलमा पुग्दा जनता के भन्लान ? नेता नेपालले भने, ‘त्यसैले जनताले के भन्छन् भन्ने कुरा प्रतिवाद गर्नका लागि होइन, जवाफ दिनका लागि होइन रियलाइज गर्न, कहाँ त्रुटि रह्यो समस्या पत्ता लगाउने र समाधान गर्ने संकल्प र आँट सरकारसँग हुनुपर्‍यो ।’

सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरहँदा गृह प्रशासन गम्भीर नभएको आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस

२२ बुँदे मागसहित राप्रपा आन्दोलनमा

सरकारको एक वर्ष कामभन्दा कुरै धेरैः

       राणा र लोहनीको पदभार,राजतन्त्र

एकीकरण अन्तिम चरणमाःप्रचण्ड

सरकार र कांग्रेस असफल, अब राजतन्त्र

नेवि संघका अध्यक्ष नैनसिंहद्वारा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला