महतोले औंला देखाउँदै भने,‘कुनै पनि बेला आन्दोलन हुन सक्छ’

   महतोले औंला देखाउँदै भने,‘कुनै पनि बेला आन्दोलन हुन सक्छ’

वीरगन्ज । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार विरुद्ध कुनै पनि बेला आन्दोलनमा उत्रिन सक्ने चेतावनी दिएका छन् । मधेसीलाई अधिकार दिने नाममा धोका भएको भन्दै कुनैपनि बेला राजपाले आन्दोलन गर्न सक्ने बताए ।

मधेसीको अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्ने सबै सरकारले बचन वद्धता गरेपछि गरिएको बचन वद्धता  पुरा हुन नसकेको र वर्तमान सरकारको गतिविधी हेर्दा यो सरकारलेपनि संशोधन गर्ने छाडगाँठ नदेखिएकाले आन्दोलनमा जानुको विकल्प मधेसी जनतासंग नरहेको ’ उनको भनाइ रहेको छ ।

राजपा पर्साले बुधबार वीरगन्जमा आयोजना  गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतो संविधान संशोधन मार्फत मधेसीका मुद्दा संविधानमा समावेश गरिने सरकारको प्रतिवद्धता माथि विश्वास गरी बसेको लामोसमय वितेपनि कुनै पहल नभएकाले अधिकार प्राप्तीका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्न सक्ने बताए ।

प्रतिनिधी सभाका सदस्य रमेत रहेका  नेता महतोले लामो समयसम्मा शान्ति पूर्ण आन्दोलन र सयकडौं मधेसीले शहादत प्राप्त गरेपछि मधेसीको अधिकारलाई संविधानमा संशोधन मार्फत समावेश नगरिएकाले जनतामा असन्तोष बढ्दै गएको र पार्टीमाथि समेत जनताको दबाव बढ्दै गएकले कुनैपनि बेला आन्दोलन घोषणा हुन सक्ने ठोकुवा गरे।

मुलुकमा बढ्दै गएको हत्या हिंसा र बलात्कारको घटनाले आम नेपाली जनता असुरक्षित महसुश गरेको भन्दै नेता महतोले निर्मल पन्तको हत्या पछि बलात्कारका घटना भएको दुई महिना वित्दा समेत दोषी पक्राउ नपर्नु, प्रहरी हिरासत मै नेपाली नागरिकको हत्या हुनु जस्ता घटनाले जनतालाई असुरक्षित  बनाएको प्रस्ट परे।

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला