अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बेला आयोः प्रधानमन्त्री

 अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बेला आयोः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गर्ने बताएका छन् ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेको  कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताए । प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्ने समेत बताए ।  

उहाँले बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु आवश्यक रहेको उल्लेख गर्दै ‘सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न नसकिने बताए ।

सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एकढिक्का भएको भन्दै उहाँले अब यो एकता कहिल्यै विभाजित नहुने पनि बताए ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उहाँ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुनुहुने थियो भन्नुभयो । प्रचण्डले भने, “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले नयाँ युगमा आफूहरु प्रवेश गरेको भन्दै त्यो युगलाई सार्थक परिमाणमा पु¥याउन बोगटीमा भएको गुणलाई सिक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टीभित्र निष्ठावान् नेता भएकाले उहाँले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।  बोगटीको २०७१ भदौ ३० गते बोगटीको हृदयघात र मस्तिष्कघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला