बिमेस्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ: रावल

     बिमेस्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ: रावल

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिमेस्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको  सहमतिमा सरकारले गल्ती गरेको बताए । उनले भने,‘बिमेस्टेक वैठक सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिदैन् ।’

उनले अघि थपे,‘१८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाउ युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्ध बन्दि बनाईयो र बन्दि बनाईएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ति केन्द्रको रुपमा विकास गर्यो, जुन कुरा नेपाली पराजयको संकेतका रुपमा स्थापना गरेको गोरखा भर्ति सन्धीको बिरोधमा मैले आधा शताब्धि खर्चि सकेको छु ।’

उनले भने,‘नोभेम्बर ९ मा १९४७ राणा, बेलायत सरकार र भारतबीच भएको सहमतिले हाम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिरहेको छ, देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न मलाई कतै कसैले रोक्न सक्दैन ।’

उनले अघि थपे,‘म एकजना पार्टीको सिपाई हुनुपूर्व देशको नागरिक हुँ, पार्टीको भन्दा देशको बारेमा चिन्ता गर्नुपर्छ भन्ने मानिस हुँ, सविधानको हित विपरित र नेपाली पराजयको प्रतिकको रुपमा स्थापना गरिएको गोरखा भर्ति सन्धीको बिरोध गर्नु मेरो कर्तव्य हो, यस विषयमा मलाई कसैले किन बोलिस भन्ने कसैलाई अधिकार पनि रहँदैन, म राष्ट्रियताका पक्षमा बोल्नलाई रिपोर्टर्स क्लब नेपाल, खुल्लामञ्च, आमसभा जहाँपनि बोल्न सक्छु, यसै साक्षात्कारको माध्ययम मार्फत सम्पुर्णमा सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन आग्रह गर्दछु ।’ कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजालले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन् । रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताए ।

आर्थिक र प्राविधक सहयोगका लागि गठन भएको विमेस्टेक राष्ट्रले किन सैन्य अभ्यास गर्नुपर्यो भनेर रिजालले प्रश्नसमेत गरे । सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्विकार गर्न नसकिने चेतावनी रिजालले दिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

कांग्रेस नेता चक्र बास्तोलाको अन्तिम

सिके राउत पक्राउ

आईजीपी होईन प्रधानमन्त्रीले राजीनामा

आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

जनता कांग्रेस नै ठिक भन्न थालिसकेःप्रकाशमान

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला