देउवाको प्रश्नः राज्य नै अपराधी जोगाउन लागेपछि कोसँग न्याय माग्ने ?

   देउवाको प्रश्नः राज्य नै अपराधी जोगाउन लागेपछि कोसँग न्याय माग्ने ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न दोषीलाई राज्य जोगाउन लागिपरेको आरोप लगाएका छन् । सरकारले नै दोषीलाई लुकाउन खोजे जनताले कोसँग न्याय माग्ने ? देउवाले प्रश्न गरे ।  

आइतबार संसद बैठकमा सम्बोधन गर्दै सभापति देउवाले भने,‘यो कस्तो राज्य हो ? हामी कस्तो राज्य बनाउँदैछौं, दोषीलाई जोगाउन स्वयं राज्य लाग्दैछ । उनले भने,‘अपराधीलाई जोगाउन खोज्नु पनि अपराध नै हो ।’

निर्दोष व्यक्तिलाई हत्याका अभियुक्तका रुपमा दोषी करार गर्न खोजिएको भन्दै निर्दोष नागरिकलाई दोषी करार पनि गर्नु अपराधको पराकाष्ठा  हो, देउवाले भने– ‘म आग्रह गर्न चाहन्छु, यस विषयमा सरकारको छिटो भन्दा छिटो ध्यानाकर्षण होस् ।’ घटना प्रहरी दमन भएको भन्दै निर्दोश नागरिकले न्याय माग्दा गोली बर्षाउने प्रहरी शैली ठिक नभएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

निर्मला हत्यारा पत्ता लगाउन नसक्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले

सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

सांसद टेम्पोमा संसद भवन जानुपर्ने,

पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा

निर्मलाका बुवाआमासँग गगन थापाले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला