कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच काठमाडौंमा दौडधुप

        कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच काठमाडौंमा दौडधुप

दिपेन्द्र शर्मा/सुर्खेत, सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कर्णाली प्रदेश तथा जिल्लाको नेतृत्वका लागि स्थानीय नेताहरूले दौडधुप सुरू छ । उनीहरू जिल्लाको नेतृत्व लिन काठमाडौंमा केन्द्रीय नेताहरूसँग लविङ गरिरहेका छन् ।  

तीन महिना अघि तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच पार्टी एकीकरण भएर गठित केन्द्रीय समितिले प्रदेश तथा जिल्ला तहको नेतृत्व बाँडफाँट थालेपछि दाबेदार बीच प्रतिप्रर्धा भएको छ ।

कर्णाली प्रदेश र १० ओटै जिल्ला समितिको संख्या र नाम टुंगो लगाएपछि नेतृत्वका लागि छलफल हुने बताइएको छ । नेकपाले कार्यकारी भूमिकामा रहेका नेता बाहेकलाई जिल्ला नेतृत्वमा जिम्मेवारी दिने निर्णय गरेपछि अहिले कुनै पद नपाएका नेताहरू  नेतृत्व लिन हानथाप गरिरहेका छन् ।

कर्णालीमा प्रदेशमा पूर्व एमालेको भागमा सुर्खेत,दैलेख,जुम्ला र डोल्पा जिल्ला परेका छन् भने माओवादी केन्द्रले सल्यान, रुकुम, जाजरकोट र हुम्लामा नेतृत्व लिने सहमति भएको कार्यदलका सदस्य तथा पूर्व माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कालीकोट र मुगु जिल्ला कसको भागमा पर्ने भन्ने टुंगिन सकेको छैन ।

कर्णालीमा समानरुपमा जिल्ला तहको नेतृत्वको वाँडफाँट गरिएको छ । ‘जिल्लाको नेतृत्व लिने व्यक्तिका नामका बारे छलफल भइरहेको छ,’ उनले जानकारी दिए ।

पार्टीले कर्णाली प्रदेशको जिल्लाको नेतृत्व मिलाउन पूर्व एमालेका तर्फबाट युवराज ज्ञवाली र यमलाल कडेँल तथा पुर्व माओवादी केन्द्रको तर्फबाट  जनार्दन शर्मा र मायाप्रसाद शर्मालाई जिम्मेवारी दिएको  थियो । उनीहरू नेकपा केन्द्रीय सदस्य हुन् ।

कहाँ कसको दाबी ?

जिल्ला स्तरबाट दुवै पार्टीका तर्फबाट नाम सिफारिस गर्न जिम्मेवारी दिएको भएपनि कुनै पनि नेताहरुले नाम खुलाउन चाहेका छैनन ।  पूर्व माओवादी केन्द्रको भागमा परेको जाजरकोटमा अध्यक्षका लागि पूर्व जिल्ला अध्यक्ष ढकवीर राना र पूर्व केन्द्रीय सदस्य गगनबहादुर खड्काले दावी गरेको नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार सल्यानमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, पूर्व जिल्ला इन्चार्ज नेपवहादुर कुँवर,कर्णवहादुर बुढाथोकी र भीमप्रकाश शर्माले अध्यक्षका लागि दाबी गरेका छन् । हुम्लामा डाक्टर दिपेन्द्र रोकाय र लालकेश जैसी अध्यक्ष हुनका लागि दौडधुप गरिरहेका छन् । अन्य जिल्ला भन्दा रुकुममा भने अलि सहजता देखिएको छ । नेता महेन्द्र केसी र पूर्व अध्यक्ष तथा प्रदेश सभा सांसद गोपाल शर्माको दावी रहेको छ ।

एमालेको भागमा परेको सुर्खेतमा पूर्व उपाध्यक्ष अमृत विसी, सचिव मोहन बडुवाल,कृष्ण हमाल र चूडामणि शर्माले अध्यक्षको दाबी गरेको पुर्व एमाले नेता तथा प्रदेश सभा सदस्य शुशिलकुमार थापाले बताए । उनका  अनुसार दैलेखमा पूर्व अध्यक्ष बरुनाथ योगी र पूर्व सचिव सूर्यबहादुर शाहीको दाबी रहेको छ । जुम्लामा अध्यक्षका लागि पूर्व अध्यक्ष तीर्थ रोकाय र नेता टेकबहादुर पछाइले दाबी गरेका छन् । एमालेको भागमा परेको डोल्पामा भने पूर्व अध्यक्ष दत्त बहादुर रोकाय नै अध्यक्ष हुने पूर्व एमालेका डोल्पा जिल्लाका सचिव तथा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले जानकारी दिए ।

माओवादी केन्द्रको  तर्फबाट  नाम सिफारिसको जिम्मा पाएका नेकपाका केन्द्रीय सदस्य मायाप्रसाद शर्माले  जिल्ला तहको नेतृत्वको नाम केहीदिनमै टुंगिने बताए ।

 

प्रतिकृया दिनुहोस

अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

संघीयता कागजमै सिमितःमुख्यमन्त्री

विपीको सपना पूरा गर्न कांग्रेस

बिमेस्टेकको संयुक्त सैन्य अभ्यासबारे

निर्मला पन्तको हत्याप्रति सरकार

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला