मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी सडकमा, १५ दिनमा खाल्डा नपुरे कारवाही

    मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी सडकमा, १५ दिनमा खाल्डा नपुरे कारवाही

काठमाडौं । बल्ल अहिले आएर बौद्ध–जोरपाटी सडकको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण भएको छ । बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसहित भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले निरिक्षण गरेपछि सडक पिच हुने आश स्थानीयले गरेका छन् । स्थानीय दावा शेर्पा भन्छन्‘अति भएको थियो अब पिच हुन्छ कि ।’

काठमाडौं क्षेत्र नं २ का सांसद नेपालले बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन् । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल,  मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुन अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्ने बताए ।

निर्माणको जिम्मा पाएका ठेकेदारले १५ दिन पछि खाल्डाखुल्डी पुरिने बताएका छन् । नेता नेपालले सडक निर्माणका क्रममा एउटा निकायले अर्को  निकायलाई देखाएर पन्छन खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई देखाएर कोही  पनि भाग्न नपाउने बताए ।  सबै निकायसँग समन्वय गरेर जति सक्दो छिटो पिच गर्न नेता नेपालले निर्देशन दिए ।

 

प्रतिकृया दिनुहोस

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

सरकारको समर्थन फिर्ताबारे छलफल भएको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला