नेकपामा एक व्यक्ति एक पद

नेकपामा एक व्यक्ति एक पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकार वा पार्टी मध्ये कुनै एक पदमा मात्र बस्न पाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय धुम्वाराइमा बसेको वैठकले  पार्टीको उच्च जिम्मेवारीमा रहेका नेताहरुलाई पार्टीको कार्यकारी पद नदिने निर्णय पनि गरेको हो ।

वैठकले नेकपाको केन्द्रीय कार्यालय धुम्बराहीमा रहनेछ । जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु चाहिँ पेरिसडाँडामा रहनेछ पनि निर्णय गरेको छ । बैठकले केही समयअघि पारित गरिसकिएको विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभन्नि विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल सम्मिलित कार्यदल निर्माण गरेको छ ।

‘बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो। ‘संघीय मन्त्री, प्रदेशका मन्त्री, प्रादेशिक दल नेता र उपनेता, संघीय र प्रदेशसभाका प्रमुख सचेत र मुख्य सचेतक र सचेतक, संसदीय समितिका सभापति र महानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, जिल्ला समन्वयन समितिका सभापति र उपसभापति सँगै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कुनै पनि स्तरको पार्टी कार्यकारी पद अर्थात् अध्यक्ष र सचिव पदको जिम्मेवारी नदिने निर्णय भएको छ’,नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीले गरेको निमन्त्रणअनुसार पार्टी पवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टीको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत बिहीवारको बैठकले गरेको छ । श्रेष्ठ नेतृत्वको टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म चीन भ्रमण गर्नेछ ।

प्रतिकृया दिनुहोस

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

सरकारको समर्थन फिर्ताबारे छलफल भएको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला