बैतडी कांग्रेसका संस्थापक जोशीको निधन

    बैतडी कांग्रेसका संस्थापक जोशीको निधन

 काठमाडौं । नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधन भएको छ। पञ्चायत सरकार विरुद्धको आन्दोलनमा शसक्त भूमिका निर्वाह गरेका जोशी कृष्णप्रसाद भट्टराईका अनुयायी थिए ।  

बैतडीको मेलौली नगरपालिका सलेना घर भएका जोशीको  ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । जोशीको पार्थिव शरीरमा कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीको झण्डा ओडाएका थिए ।   

जोशी २०३४ सालमा कांग्रेस बैतडीको सभापति थिए । २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत हुन्। उनले उक्त चुनावमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पराजित गरेका थिए ।  जोशीलाई कांग्रेसजनले सरल स्वभावका नेताको रूपमा चिन्थे ।

बैतडीको धर्मघर माध्यमिक विद्यालयको हेडमास्टर समेत भएका जोशी पञ्चायत विरुद्धको आन्दोलनमा लागेपछि पदबाट वरखास्त गरिएको वैतडी कांग्रेसका उपसभापति चतुरबहादुर चन्दले बताए । जिल्लामा कांग्रेसको संगठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको चन्दले बताए ।  जोशीका दुई छोरा र तीन छोरी छन् ।

प्रतिकृया दिनुहोस

कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि