सरकार हावादारी गफ गर्दै हिँडेको छः अध्यक्ष राणा

       सरकार हावादारी गफ गर्दै हिँडेको छः अध्यक्ष राणा

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले तीनै तहको सरकारले कर बढाएर जनताको ढाड सेकेको बताएका छन् । ‘सरकार समृद्धिका नाममा जनतालाई कर थुपार्दै गएको छ, त्यसैले ओली सरकारको समृद्धि भनेकै कर अभिवृद्धि हो,’ उनले भने ।

सोमबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकार ‘हावादारी गफ’ गर्दै हिडेको बताए । ‘कहिले पानी जहाजको कुरा त कहिले रेल ल्याउने सपना देखाउने तर सामान्य काम पनि गर्न नसक्ने । भाषणमा सिन्डिकेट तोडियो,निर्माण ढिलाइ गर्ने ठेकेदार कारवाही गर्ने भनियो तर खै ? समस्या ज्यूँकात्यूँ नै छ,’अध्यक्ष राणाले भने ।

  सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य सरोज अधिकारी र सुरज पाण्डे लगायत १ सय ५१ जना कार्यकर्ता राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा कतिपय राप्रपा राष्ट्रवादीका कार्यकर्ता पनि छन् । त्यस अवसरमा राप्रपा प्रजातान्त्रिकका सह–महामन्त्री बाबुराम बस्नेतले सरकारले डा. गोविन्द केसीसँग गरेको सहमति तुरुन्तै कार्यान्वयन गर्नुपर्ने बताए ।

आफ्नो पार्टीले वर्तमान सरकारका सकारात्मक कामहरुको समर्थन गरेपनि जनहित विपरित काम गरेमा विरोध गर्ने बस्नेतको भनाइ छ । पार्टीले चर्काे मुल्य वृद्धि, कर तथा सरकारको निरंकुश कार्यशैली विरुद्ध साउन १६ गते विरोध प्रदर्शन समेत गर्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

ओली सरकार आफैं ढल्ने सूचना छः मनिष

ओली सरकारले १६ महिनामा केही नयाँ

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला