कानूनमन्त्रीलाई कारबाही नगरे आन्दोलन गर्ने कांग्रेसका महिला सांसदको चेतावनी

     कानूनमन्त्रीलाई कारबाही नगरे आन्दोलन गर्ने कांग्रेसका महिला सांसदको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरूले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र काूननको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन् । उनले थपिन्,‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरुले शरीर सुम्पेर मात्रै मार्कसिट प्राप्त गर्छन भन्नेजस्ता गैर–जिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिको सरकारले पुष्टि गर्नुपर्यो, होईन भने जथाभावी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

सांसद लक्ष्मी परियारले सरकारले कानून बमोजिम कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिएकी छिन् । कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएकी छिन् । उनले भनिन्,‘बंगलादेशमा पढ्न गएका नारीहरुले फेशबुकमा लेखेका छन्, हामी पढ्न आएका हौं, अस्मिता बेच्न आएका होईनौं, दोषीलाई कारबाही होस्, यस्ता शब्दहरुले हामीलाई पोलीरहेको छ, बंगलादेशका प्राध्यापकमाथि र नेपाली चेलीहरुमाथि उठेका प्रश्नहरुको उचित जवाफ सरकारले दिनु्पर्छ, यदि जवाफ दिन नसकेको खण्डमा हाम्रो आन्दोल उचित उत्तर नपाएसम्म जारी रहनेछ ।’

कार्यक्रममा प्रदेशसभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानून मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेका छन् ।  

 

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला