गोकर्णेश्वर नगरपालिकामा कर्मचारीको मनोमानी रहेको आरोप

 गोकर्णेश्वर नगरपालिकामा कर्मचारीको मनोमानी रहेको आरोप

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र वडा कार्यालयका कर्मचारीको मनोमानीले सेवा प्रभावित भएको आरोप स्थानीयवासीले लगाएका छन् । गोकर्णेश्वर नगरबासीको आयोजनामा शनिबार जय नेपाल संचार गृह जोरपाटीमा ‘सुशासन आजको आवश्यकता’ भन्ने नाराको साथमा ‘स्थानीय निर्वाचन पश्चात पनि कर्मचारीकै मनोमानी’ बिषयक छलफलका बक्ताहरुले यस्तो आरोप लगाएका हुन् ।

स्थानीय माया लामाले नगपालिकमा काम गर्दा निकै झन्झट खेप्नु परेको गुनासो सुनाइन् । घरको नक्सा बनाउन जाँदा नगरपालिकको इन्जिनीयरले अनेक वाहना बनाएर काम टार्ने गरेको उनको भनाइ छ । त्यस्तै स्थानीयबासी कमल परियारले नगरपालिकाको लेखा कार्यालयका कर्मचारीले दुख दिने गरेको बताए । उनले भने,‘जनप्रतिनिधि आएपछि सबै राम्रो हुन्छ भनेको त कर्मचारीको पारा उस्तै छ ।’   

स्थानीयले नगरपालिककाका कर्मचारी समयमै कार्यलयमा उपस्थित नहुने, कार्यलयमा हाजिर भए पनि कर्मचारी कार्यकक्षमा नभेटिने गुनासो गरे । कार्यक्रम संचालन समाजसेवी एबम् जय नेपाल सञ्चार गृहका अध्यक्ष राजु सुनारले नगरपालिकाका कर्मचारीले जनप्रतिनिधिलाई नटेर्ने, कर्मचारीको लापरवाही, सुस्त कार्यसम्पादन तथा सेवाग्राहीलाई दुःख दिने प्रवृति रहेको बताए।

यस्तै जनप्रतिनिधिले कर्मचारीलाई सही रुपमा काममा लगाउन नसकेको कारण आफूहरुले सेवा लिन सास्ती भोग्नु परेको दुखेसो पोखेका थिए । यस विषयमा सुनवारको संयोजकत्वमा साउन ७ गते सोमबार गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसेलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

 

प्रतिकृया दिनुहोस

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि