हामीले कम्युनिष्ट चिन्न सकेनौंःदेउवा

       हामीले कम्युनिष्ट चिन्न सकेनौंःदेउवा

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार मुलुकमा‘एक दलीय’व्यवस्था लाद्न खोजिरहेको आरोप लगाएको छ ।  

३६औं बीपी स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले ओली सरकार एक दलीय व्यवस्था लागू गरेर जनताका अधिकार खोस्न उत्पेरित रहेका बताए । कम्युनिष्टलाई बिपीले चिन्नुभएको रहेछ। हामीले चिन्न सकेनौं ।’ उनले भने। शनिबार वानेश्वरमा कांग्रेस कार्यकर्ता माथि ज्यादती गरेका भन्दै डा. गोविन्द केसीका माग जायज भएकाले पूरा हुनुपर्ने बताए ।  आफ्नो सरकारमा ल्याएको अध्यादेश जस्ताको त्यस्तै पारित हुनुपर्ने देउवाको भनाइ छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरकंशुतातिर जाँदै गरेको आरोप लगाए । संविधानलाई बल पुग्ने काम सरकारबाट नभएको बताउँदै नेता पौडेलले भने, ‘यो दमनकारी सरकार टिक्दैन।’ कांग्रेसले १५ साउनको विरोध कार्यक्रम सरकारका लागि चेतावनी र सर्तक गराउन गरेको बताए।

पार्टी महामन्त्री डा. शशांक कोइरालाले वीपी कोइरालामा कुनै पनि समय निराशा नदेखिएको स्मरण गर्दै पार्टी एक ढिक्का भएर अघि वढनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी कोषाध्यक्ष सितादेवी यादवले आन्दोलनको विकल्प नभएको बताइन्। नेपाली कांग्रेसले बाटो बिराएको प्रति चिन्ता व्यक्त गर्दै यादवले बिपीका विचार स्मरण गर्न नेता कार्यकर्तालाई अनुरोध गरिन् ।

प्रतिकृया दिनुहोस

कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि