सेवाबाट हटाएका दिगम्बर झा र मिश्रको पुनर्वाहली,सरकारलाई सर्वोच्चको झड्का

सेवाबाट हटाएका दिगम्बर झा र मिश्रको पुनर्वाहली,सरकारलाई सर्वोच्चको झड्का

 

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारका राजनीतिक नियुक्ती खारेज गरेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई झड्का लागेको छ । सर्वोच्च अदालतले समायावधि हुँदै हटाउन नमिल्ने आदेश दिएपछि सरकारको निर्णय उल्टिएको छ । प्रक्रिया र कार्यविधि पुरा गरेर नियुक्त भएकालाई समेत समयवाधि बाँकी हुँदै सरकारले हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगेकाहरुले अदालतबाट न्याय पाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षका जिम्मेवारीबाट हटाइएका दिगम्बर झा र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव बिष्णु मिश्रलाई बिहीबार सर्वोच्चले काममा फर्कन आदेश दिएको छ । झा र मिश्रले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारले दिएको अवकाश गैरकानुनी भएको भन्दै न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई भएको थियो।

सुनुवाइ पछि न्यायधिश भण्डारीको इजलासले उनीहरुलाई तत्काल काममा फर्काउन आदेश गर्दै रिट निवेदक र विपक्षी सरकार पक्षलाई साउन ३ गते छलफलमा आउन आदेश गरेको छ । अदालतको आदेश लगत्तै झा नेपाल दुरसञ्चार प्राधिकरण पुगी काम समेत थालेका छन्। उनले आफ्नो कुरा भन्न नदिई प्राधिकरणमा पुनस् नियुक्ति भएको केही महिनामै अवकाश दिएको बताएका छन्। ५ वर्ष प्राधिरकणको नेतृत्व सम्हालेका झालाई देउवा सरकारले पुनस् जिम्मेवारी दिएको थियो । गएको असार २० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछिको भन्दै तत्कालीन देउवा सरकारका पालामा भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला