उपकूलपति किन एयरपोर्टबाट फर्काइए जवाफ चाहियोःपाण्डे

   उपकूलपति किन एयरपोर्टबाट फर्काइए जवाफ चाहियोःपाण्डे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् राष्ट्रियसभा सदस्य बद्री पाण्डेले राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालालाई प्रधानमन्त्रीको आदेशमा अपमानपूर्वक विमानस्थलबाट फर्काईएको बारेमा सरकारसँग जवाफ माग गरेका छन् ।

उनले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा रोकिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए। उनले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए। एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले  अभियुक्त झै धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे । ‘साढे पाँच बजे उनलाई एयरपोर्टबाट बालुवाटार ल्याइयो र साढे ७ बजे मात्र मुक्त गरियो’, पाण्डेले भने, ‘प्रधानमन्त्रीले भेट्न खोज्नु भएको भनियो। तर समय नभएको भनेर अर्को दिन भेट्न भनियो। ८ बजे प्लेन उड्दै थियो। यो निरंकुश घटना भयो।’ यससँगै विश्वसामु नेपाली संस्कृत जगतलाई सरकारले लज्जित बनाएको उनको आरोप थियो ।

    अनुमति विना जान खोजेकाले उपकुलपति फर्काइएः गृहमन्त्री     

सरकारको अनुमति नलिई क्यानडा प्रस्थान गर्न लागेकाले नेपाल संस्कृत विश्वविद्यालयका कुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको सरकारले जानकारी दिएको छ ।  राष्ट्रियसभाका सांसद्हरूले उपकुलपति कोइराला फर्काएको बारे जिज्ञासा राख्दा सम्बन्धित निकायको अनुमति नलिई विदेश भ्रमणमा जान लागेकाले रोक लगाइएको सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रष्ट पारे ।

उनले यसबारे विस्तृत जानकारी गृह मन्त्रालयमा नआइपुगेको भए पनि गृह मन्त्रालयलाई प्राप्त जानकारीअनुसार उपकुलपति कोइरालाले सरकारको अनु्मति नलिएको बताए । ‘विदेश भ्रमण या अन्य अन्य कतै जानुपरेमा सरकार या सम्बन्धित निकायको अनुमति लिनुपर्छ । उहाँले अनुमति नलिनुभएको मैले बुझेको छु,’ उनले सदनलाई प्रष्ट पारे । 

प्रतिकृया दिनुहोस

अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

संघीयता कागजमै सिमितःमुख्यमन्त्री

विपीको सपना पूरा गर्न कांग्रेस

बिमेस्टेकको संयुक्त सैन्य अभ्यासबारे

निर्मला पन्तको हत्याप्रति सरकार

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला