सरकार स्वच्छेचारी बन्दै गरेको कांग्रेसको ठहर

  सरकार स्वच्छेचारी बन्दै गरेको कांग्रेसको ठहर

काठमाडौं । शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने वर्तमान सरकारको निर्णयको प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ । सरकारले बहुमतको दम्भमा देउवा सरकारले गरेका निर्णय खारेज गर्नु बदनियतपूर्ण निर्णय भएको आरोप लगाएको छ । 

बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कांग्रेसले राजनीतिक नियुक्ति खारेज गर्ने वर्तमान सरकारको निर्णयले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको ठहर गरेको बताएको छ ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले असार २० गते वर्तमान सरकारले गरेको दुई अलग निर्णयले सरकार स्वच्छेचारी ढंगले अघि बढ्न लागेको कांग्रेसको ठहर रहेको जानकारी दिए । उनले भने, ‘अघिल्लो सरकारले गरेको निर्णय संसदबाट निर्वाचित सरकारकै निर्णय थियो । आचारसंहिता जारी भएको समयमा भएका निर्णयहरु पनि निर्वाचन आयोगबाट सहमति लिएर सम्वन्धित वोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम भएका नियुक्तिहरु थिए ।’

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भइ सहज राजनैतिक अवस्था बनेका बेला हार्दिक ढंगले मुलुकलाई अघि बढाउनु प्रधानमन्त्रीको कर्तव्य रहेको कांग्रेसले ठहर गर्दै त्यस विपरितको बोली र व्यवहार प्रस्तुत हुन थालेपछि त्यसलाई आवश्यक प्रतिवाद  गर्ने जनाएको छ ।  कांग्रेसले  सञ्चार माध्यमहरुमा वढ्दो हस्तक्षेप, ढुंगेल प्रकरण मार्फत न्यायलयको अपमान, संसदमा हलुका जवाफ, सडक प्रर्दशनमा रोक जस्ता व्यवहारबाट सरकारको ‘मुखमा लोकतन्त्रको राम राम बगलीमा स्टालिनवादको धङधङी’ महसुस गरेको बताएको छ  । 

सरकारले अघि वढाएको चिकित्सा शिक्षा सम्वन्धि प्रतिस्थापन विधेयक चिकित्सा शिक्षा सुधार र नागरिक हित विपरितको षडयन्त्रका भएको भन्दै त्यसका विरुद्धमा आफु उभिएको बताएको छ ।   प्रवक्ता  शर्माले पत्रकार सम्मेलनमा भने, ‘वर्तमान सरकारले केहि दिन अघि ल्याएको प्रतिस्थापन विधेयक अध्यादेशको मूल मर्म विपरित त थियो नै त्यसले चिकित्सा शिक्षा जगतमा ‘सरकार संरक्षीत संस्थागत विसंगति’ लाई प्रसय दिने निश्चित थियो । त्यही प्रवृत्ति र पद्धतिको विधेयक पुन अघि वढाइए संसद, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहका चौतर्फी दबाबको सामना सरकारले गर्नु पर्नेछ । कांग्रेसले  सरकार समयमै सच्चियोस् भन्ने अपिल गर्दै सरकार सच्चिन नसके चौतर्फी दबाबको समना गर्नु पर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि