भारत र चीनसँग समान सम्बन्ध चाहन्छौःप्रधानमन्त्री ओली

भारत र चीनसँग समान सम्बन्ध चाहन्छौःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे संसदलाई औपाचारिक जानकारी गराएका छन् । असार ६ देखि १० सम्म चीनको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री ओलीले चीन भ्रमण सफल भएको भन्दै त्यसप्रति आफू सन्तुष्ट रहेको बताए । 

मंगलबार संसदको वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणअघि संसदमा उल्लेख भन्दा बढी उपलब्धि भएको बताए। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका विभिन्न सम्झौताबारे सदनलाई औपचारिक जानकारी गराएका छन् ।  छिमेकीहरुसँग सम्बन्ध सुधार गरेको प्रधानमन्त्रीको भनाइ छ । उनले कसैका विरुद्ध कसैको कार्ड प्रयोग नगर्ने सदनलाई जानकारी दिए ।

हामी क्षणिक हिसाबले कसैका विरुद्ध, कुनै प्रकारले, एउटाका विरुद्ध अर्काका कार्ड खेल्ने, एउटाका विरुद्ध अर्कालाई उचाल्ने अथवा तात्कालिक हितका निम्ति गैरजिम्मेवार तरिकाले चल्दैनौ, प्रधानमन्त्रीले भने, हामी हाम्रा दुवै छिमेकीहरुसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न चाहन्छौं। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले  सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने,‘एक महिना भित्र पारवाहन सम्झौता हुन्छ ।’

हाम्रा विकासका प्रयासहरुमा छिमेकीहरुलाई साथै लिन चाहन्छौं र उहाँहरुका विकास, उन्नति र प्रगतिबाट लाभान्वित पनि हुन चाहन्छौं। प्रधानमन्त्रीले भने, ‘हाम्रा स्पष्ट नीतिहरु छन्। हामी पञ्चशील र पारस्परिक लाभ र स्वाभिमानका आधारमा, राष्ट्रिय हितलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं।’ प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उच्च चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने विश्वास व्यक्त गरे।   

प्रतिकृया दिनुहोस

कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि