चिनियाँ राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले आजै भेट्ने

चिनियाँ राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले आजै भेट्ने

काठमाडौं– चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्दैछन्। 

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन  गरेका छन्। 

बेइजिङमा प्रधानमन्त्री ओली हिल्टन होटलको देउताइ स्टेट गेस्ट हाउसमा बसेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। 

परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ। प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन्। 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीका अनुसार चीनका राष्ट्रपति सीले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बिआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुनेछ। ‘नेपालको आर्थिक, सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ,'  सचिव वैरागीले भने। द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजानु नै भ्रमणको मुख्य उद्देश्य रहेको वैरागीले बताए।  प्रधानमन्त्री ओली १ सय १९ जनाको टोली लिएर मंगलबार चीन भ्रमणमा गएका हुन्।रासस

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला