एजेण्डा मिल्नेसँग कार्यगत एकता : नयाँ शक्ति 

एजेण्डा मिल्नेसँग कार्यगत एकता : नयाँ शक्ति 

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरूसँग कार्यगत एकता गर्ने बताएको छ । आइतबार उक्त पार्टीले प्रेस वक्तव्य जारी गर्दे नयाँ शक्तिसँग मुद्दा वा एजेण्डा मिल्ने जोकोही सँग पनि सहकार्य गरेर अगाडि बढ्ने बताएको हो ।  

जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘मुद्दा वा एजेण्डा मिल्नेहरूसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।’  

 राजनीतिक वृत्त र मिडियामा आएका पार्टीहरूको एकता, ध्रुविकरण र कार्यगत एकतासम्बन्धी सवालमा नयाँ शक्तिसँगले शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकमा छलफल गरेको थियो ।  

दलहरूको संख्या धेरै भएर लोकतन्त्र बलियो नहुने बताउँदै नयाँ शक्तिले निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरूबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुने कुरा बताएको छ ।

 यस अर्थमा नयाँ शक्ति पार्टी, नेपाल सबै पक्षहरूसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो ‘ध्रब’  निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त हो । तथाकथित पूँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपुर्ति नहुने यथार्थबारे नयाँ शक्ति पार्टी उत्तिकै प्रष्ट भएको जारी वक्तव्यमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला